काठमाण्डाै – पुस २५ गते भाेलि साेमवार दिउँसाे १ बजेका लागि आह्वान गरिएको सङ्घीय संसद्को पहिलो अधिवेशनको तयारी पूरा भएको छ ।
सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सङ्घीय संसद्को पहिलो अधिवेशनको सबै तयारी पूरा भएको जानकारी गराउनुभएको हो । आज आइतवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै सहायक प्रवक्ता धमलाले अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राधिविक पक्षका सबै काम पूरा गरिएको बताउनुभयो ।
राष्ट्रिय सभा
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक भोलि ...