काठमाडौं : हुम्लाको सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ।सर्केगाड गाउँपालिका-६ का अन्दाजी ४५ वर्षका जसबहादुर रोकायको सदरमुकाम सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा मृत्यु भएको हो।हुम्लाका डिएसपी कृष्णराज ओझाका अनुसार कोठामा भित्रबाट झ्याल ढोका बन्द भएको अवस्थामा रोकाय भुईँमा मृत अवस्थामा भेटिएको हो। रोकायका साथी कोठामा नभएको अवस्थामा उनको मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।