‘स्वयंसेवकले ८ सय आवास बनाउँदा सरकार के हेरेर बसेको छ ?’

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलका स्वयंसेवकले भूकम्प प्रभावित क्षेत्रमा ८१३ वटा नयाँ अस्थायी आवास बनाउँदा समेत सरकारले केही नगरेको आरोप लगाएका छन्। झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा मंगलवार रुकुम पश्चिम र जाजरकोटको सिमाना रिम्ना पुगेका ओलीले यस्तो आरोप लगाएका हुन्।उनले ८१३ वटा नयाँ अस्थायी आवास बनाएर पीडितलाई हस्तान्तरण गर्दा सरकार के हेरेर बसेको छ भन्दै सरकारलाई प्रश्न गरे। उनले एमालेले अस्थायी आव

सम्बन्धित सामग्री

सूचक हेरेर मख्ख सरकार

काठमाडौं। धरातलीय वास्तविकता फरक भए पनि सरकार आर्थिक परिसूचकहरू हेरेर रमाइरहेको पाइएको छ । बुधवार सार्वजनिक गरिएको मन्त्रालयगत प्रगति विवरण समेटिएको ‘रिपोर्ट कार्ड’मा आर्थिक परिसूचकहरूमा ‘राम्रो सुधार’ आएको उल्लेख गरेर सरकारले अर्थतन्त्रको वर्तमान अवस्थाप्रति सन्तुष्टि प्रकट गरेको हो ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको समीक्षा’ कार्यक्रममा चालू आर्थिक वर्षको साउनको र अघिल्ला दुई आर्थिक वर्षको प्रगति तुलना गरिएको रिपोर्ट कार्ड सार्वजनिक गरिएको थियो । रिपोर्ट कार्डमा विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्स आप्रवाह बढेको, शोधनान्तर स्थिति बचतमा गएको, व्यापारघाटाको आकार घटेकोलगायत तथ्यांकलाई सकारात्मक संकेत मानिएको छ । निजीक्षेत्रले भने बजार माग घट्दा उद्योगहरूको उत्पादन घटाउनु परेको, आर्थिक गतिविधि सुस्ताउँदा धान्नै मुश्किल परेको जस्ता गुनासो गरिरहेको छ ।  सरकारी तथ्यांकहरूले नै पनि सहज अवस्थाको संकेत गर्दैनन् । आयात–निर्यात अघिल्लो वर्षको तुलनामा घटेको छ । बजेटले अघिल्लो वर्षको यथार्थको तुलनामा ४८ प्रतिशतभन्दा धेरैले राजस्व बढाउने लक्ष्य राखे पनि बुधवारसम्मको संकलन पोहोरको हाराहारीमै छ । राजस्व संकलनको तथ्यांक आर्थिक गतिविधि बढ्न नसकेको बलियो प्रमाण हो ।  सरकारले अर्थतन्त्रका सूचकहरू सकारात्मक रहेको प्रतिवेदन सार्वजनिक गरेकै दिन सरकारी समाचार संस्था राससले हेटौंडा औद्योगिक क्षेत्रका उद्योगहरूले क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गरिरहेको रिपोर्ट सम्प्रेषण गरेको छ । आर्थिक मन्दीले उत्पादन गरिएको उक्त समाचारमा उल्लेख छ ।  रिपोर्ट कार्डमा अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा यस आर्थिक वर्षमा नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अवस्थामा राम्रो सुधार आएको देखिए पनि लक्ष्यअनुसार प्रगति हुन नसकेको उल्लेख छ । सरकारले आर्थिक परिसूचक तथा बजेट कार्यान्वयनमा राम्रो सुधार आएको बताए पनि विज्ञहरू त्यो मान्न तयार छैनन् ।  राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेल अर्थतन्त्रमा कुनै सुधार नआएको बताउँछन् । सरकारले सही नीति लिन नसक्दा अर्थतन्त्र शिथिल बनेको र अर्थतन्त्र मन्दीमै फसिरहेको उनको भनाइ छ । बजेट सार्वजनिक भएको लामो समयसम्म पनि अहिलेसम्म नीतिगत व्यवस्थाहरू लागू हुन नसकेको उनले बताए । ‘बजेटमा घोषणा गरिएका धेरैजसो योजना, कार्यक्रम कार्यान्वयनमै गएका छैनन्, सरकारको रिपोर्टको अर्थ छैन,’ उनले आर्थिक अभियानसँग भने ।  यता प्रधानमन्त्री पुष्पकमल दाहालले भने जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले परिणाम दिन नसकेको बताउनुभएको छ । आफ्नो कार्यादेशअनुसार कर्मचारीले जोखिम उठाउन सक्नुपर्ने बताउँदै उहाँले कर्मचारीलाई प्रभावकारी हिसाबले काम गर्न निर्देशन दिनुभयो । कार्यक्रममा ‘रिपोर्ड कार्ड’को प्रस्तुतिपछि प्रधानमन्त्री दाहालले जोखिम उठाउन तयार हुने मनोविज्ञानले मात्र राम्रो परिणाम दिने बताउनुभयो । ‘हामी सबैले जिम्मेवारी वहन गर्नेतिरबाट सोच्नुपर्छ । जिम्मेवारी पन्छाउने प्रवृत्तिले परिणाम दिँदैन,’ उहाँले भन्नुभयो, ‘जिम्मेवारीमा जोखिम हुन्छ । सबै कर्मचारी जोखिम मोल्न तयार भए मात्रै परिणाममुखी नतिजा आउँछ ।’  प्रधानमन्त्री दाहालका अनुसार नीति तथा कार्यक्रम र बजेटको मासिक समीक्षा गर्ने प्रक्रियाको थालनी हुनु निकै राम्रो पक्ष हो । राम्रो परिणाम ल्याउन आगामी दिनमा धेरै मेहनत गर्नुपर्ने र यसले प्रभावकारी परिणाम दिने उहाँले बताउनुभयो ।  रिपोर्ट कार्डमा सरकारका विभिन्न मन्त्रालयले आव २०७९/८० मा सम्पादन गरेका कामको विवरण उल्लेख गरिएको छ ।  रिपोर्ट कार्डमा सबै मन्त्रालयका माइलस्टोन, सम्पन्न भएका काम, चालू काम र शुरू हुन बाँकी कामको सूची समेटिएको छ ।

सरकार अब तमासा हेरेर बस्दैन : उपप्रधान मन्त्री श्रेष्ठ

काठमाडाैं । ललितपुरको भैंसेपाटी सडकखण्डको अवलोकन गर्न पुग्नुभएका उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काममा सरकार तमासा हेरेर नबस्ने बताउनुभयो । उहाँले विकास निर्माणका लागि नेपाल विद्युत प्राधिकरण, खानेपानी, मेलम्ची आयोजना, दूरसञ्चार र सडक विभाग सबै मिलेर काम गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । उहाँले समन्वयको कमी र आफ्नो जिम्मेवारी बोध गर्न […]

गठबन्धनले सरकार बनाउन सकेन भने टुलुटुलु हेरेर बस्दैनौंः अष्टलक्ष्मी शाक्य

काठमाडौं, ८ पुस । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गठबन्धन रहेसम्म पार्टीले सरकार गठनको पहल कदमी नलिने बताएकी छन् । ‘हामी गठबन्धन भत्काउन लागेका छैनौं । हामीले त्यस्तो रणनीति बनाउन पनि पर्दैन । त्यो आफैं भत्किन्छ । गठबन्धन रहेसम्म एमालेले सरकार गठनको पहल कदमी पनि लिँदैन । तर गठबन्धनले सकेन भने टुलुटुलु हेरेर बस्न पनि […]

आवश्यकता हेरेर खास ठाउँमा लकडाउन गर्न सक्छौः स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौं, २९ पुस । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोना संक्रमण बृद्धि भएको बताउँदै आवश्यकता हेरेर मात्र लकडाउन गर्ने बताए । बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि मन्त्री खतिवडाले पहिलाको जस्तो आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा सरकार नरहेको स्पष्ट पारे । आवश्यकता हेरेर खास ठाउँमा त्यो विचार पु¥याएर लकडाउन गर्ने उनको भनाई थियो […]

भूगोल हेरेर मात्र योजना बनाउन गाउँपालिका अध्यक्षको आग्रह

चैनपुर : बझाङको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले प्रदेश, संघ सरकार र गैरसरकारी संस्थालाई गाउँपालिकाको भूगोल हेरेर योजना तथा बजेट विनियोजन गर्न आग्रह गरेका छन्। गाउँपालिकामा योजनाहरू मागको आधारमा नआएर फरक तरिकाले आउने गरेको उनले बताए।उनले भने, ‘विद्यालयमा घेराबार आवश्यक छ। भवनको योजना हालेको छ। त्यसमा पनि जयपृथ्वी नगरपालिकामा २२ लाखको भवन परेको छ भने साइपाल गाउँपालिकामा पनि २२ लाखको नै भवन भनेर योजना हालेको हुन्छ।’जयपृथ्वी नगरपालिकामा यातायात सुविधा भएकाले २२ ला

प्रधानमन्त्री कहाँ हुनुहुन्छ भनेर टेलिभिजन हेरेर मात्र थाहा पाउँछौंः रिमाल

काठमाडौं, असोज १४ । नेकपा एमालेका प्रभावशाली नेता विष्णु रिमालले प्रधानमन्त्री कहाँ हुनुहुन्छ भनेर टेलिभिजन हेरेर मात्र थाहा पाउने गरेको बताएका छन् । मुलुकमा सरकार भएको अनुभूति नै हुन नसकेको उनको आरोप छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिमालले भने, “यो जनादेशबाट बनेको सरकार होइन, […]

सरकार तमसा हेरेर बसेको छ : अधिकारी

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता खगराज अधिकारीले लगातार संसदमा बिरोध हुँदा पनि सरकार तमासा हेरेर बसेको आरोप लगाएका छन् । सोमबार संसद् भवनमा संचारकर्मीसँग कुरा गर्दै अधिकारीले आफुलाई लोकतन्त्रवादी भन्ने कांग्रेस नेतृत्वको सरकारले संसदमा देखिएको गतिरोध अन्त्य गर्न कुनै भूमिका निर्वाह नगरेको र तमासा हेरेर बसेको आरोप लगाए । उनले सरकारले अहिले गैर […]

सरकारको प्राथमिकता र प्रक्षेपण हेरेर मात्र मौद्रिक नीति : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकले नयाँ सरकारको प्राथमिकता र प्रक्षेपणलाई हेरेर मात्रै चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्न सकिने स्पष्ट पारेको छ ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकार परिवर्तन भएकाले नयाँ सरकारको बजेटको आकार, प्राथमिकता र प्रक्षेपण हेरेर मात्रै चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने अवस्था रहेको बताएका हुन् । बुधबार संघीय संसद प्रतिनिधिसभा […]

देशलाई पर्दा हामीले गाँस कटाएर सहयोग गर्याैं, हामीलाई पर्दा सरकार हेरेर बस्यो

शिरीष तिम्सिना, कतार । नेपालमा कोरोनाको दोस्रो लहरले सतायो । धेरै नेपालीले अक्सिजनको अभावमा ज्यान गुमाउन पर्यो । त्यो बेला हामी टुलुटुलु हेरेर बस्न सकेनौँ । आफ्नो गाँस कटाएर भए पनि देशलाई पर्दा अक्सिजन सिलिन्डर पठायौँ । तर अहिले हामी घर फर्कने दिन कुरेर बसिरहेका छौँ । सरकार भने हाम्रो दुःख हेरेर बसेको छ । हामीलाई समस्या भयो होला भनेर कति पनि सोचेको छैन । पछिल्लो समय कतार र टर्कीबाट उडान त खुलेको छ । तर त्यो उडानमा हामीजस्तो सामान्य श्रमिकले टिकट काटेर घर फर्कन सक्ने अवस्था छैन । टिकट यति महँगो छ कि कल्पना प...