काठमाडौंको बानेश्वरको मुल सडकमा परेको भ्वाङ मंगलको वाल भत्किएर बनेको खाल्डो भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बताएको छ । .
सडक भासिएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि अनुगमनका लागि त्यहाँ पुग्नुभएका काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले मंगलको भित्ता भत्किएको र पानी धेरै आएकोले भित्री भाग बगाएको हुँदा खाल्डो भएको बताएका हुन् ।
प्रमुख कार्यकारी अधिकृत शाक्यले भत्किएको मंगलमा डन्डी नराखिएको, ढलान नगरिएको कारण पानी धेरै परेकोले बगाएको बताए । उनले सवारीसाधनहरूको ...