म्याग्दी । निर्माण व्यवसायी संघ म्याग्दीको अध्यक्षमा गोपाल भट्टचन चयन भएका छन् । संघको शनिवार बेनीमा सम्पन्न २२औं साधारणसभा तथा ११औं अधिवेशनबाट भट्टचनको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो । संघको प्रमुख वरिष्ठ उपाध्यक्षमा प्रदीप सापकोटा, वरिष्ठ उपाध्यक्षमा विपीन खड्का, उपाध्यक्षहरूमा प्रवीण सापकोटा, नरसिंहबहादुर खत्री, प्रवीण शाही र कुशल पौडेल चयन भएका छन् । त्यसैगरी महासचिवमा दिनेश केसी, उपमहासचिवमा इन्द्रबहादुर बानियाँ, सचिवमा भरत पौडेल, कोषाध्यक्षमा कुशल जिसी, सहसचिवमा मनप्रसाद कँडेल र सहकोषाध्यक्षमा श्यामसुन्दर कँडेल चयन भएका छन् । सदस्यहरूमा लोकबहादुर मल्ल, मोहन कार्की, रामकुमार श्रेष्ठ, दिनेश ढुंगाना, नवीन केसी, मोतीलाल पौडेल, कल्पना बरुवाल, जंगबहादुर भण्डारी, विजय शेरपुञ्जा र घनश्याम पौडेल चयन भएको संघले जानकारी दिएको छ ।