आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल स्कटल्याण्डसँगको खेलमा आज ३ विकेटले पराजित भएको छ। यो नेपालको दोस्रो खेल हो।१ सय ३८ रनको लक्ष्य स्कटल्याण्डले १७ ओभर ५ बल खेल्न बाँकी रहँदै ७ विकेट गुमाएर पार गर्यो। स्कटल्याण्डलाई विजयी बनाउन क्रिस्टोफर म्याकब्रिडीले ४७ बलमा ४३ रन हिर्काए भने ब्रेन्डन म्याक्कुलमले अविजित ३ र मिचेल लिक्सले २२ रन बनाए। जर्ज मुन्सी भने १७ रन बनाएर आउट भए। नेपालका सागर ढकाल, ललितनारायण राजवंशी र गुल्सन झा