आइसिसी विश्वकप लिग- २: नेपाललाई जित जरुरी, च्याम्पियन बन्ने ध्याउन्नमा स्कटल्यान्ड

नेपाली राष्ट्रिय क्रिकेट टिम आइतबार आइसिसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। नामिबिया भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली नामिबियासँग वर्षाका कारण अङ्क बाँडेको थियो। दोस्रो खेलमा नेपाल १:४५ मा युनाइटेड क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो। जारी सिरिजमा दुवै देशको यो दोस्रो खेल हो। पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको थियो। […]