आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले स्कटल्याण्डसामु आजको खेल जित्न १३८ रनको सामान्य लक्ष्य दिएको छ।नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डहोकमा टस हारेर ब्याटिङ थालेको नेपालले ४० दशमलव १ ओभरमा अलआउट हुँदै १३७ रनमात्र बनायो।नेपालका गुल्सन झाले सर्वाधिक २९ रन जोडे। ज्ञानेन्द्र मल्ले २५ तथा अर्जुन साउदले १८ रन बनाए। कप्तान रोहित पौडेलले १७ तथा आरिफ शेखले १० रन जोडे पनि अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।बलिङतर्फ क्रिस सोलले सर्वाधिक ३