श्रीलङ्काको पश्चिमी प्रान्तमा अनिश्चितकालिन कर्फ्यु जारी

कोलम्बो- श्रीलङ्काको पश्चिमी प्रान्तका विभिन्न ठाउँमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । आन्दोलनकारीहरूले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला त्यसको पूर्व सन्ध्यामा प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । स्थानीय समय अनुसार शुक्रबार राती ९ बजेदेखि अर्को सूचना जारी नगरेसम्म कर्फ्यु आदेश कायमै रहने प्रशासनले जनाएको छ । प्रहरीका अनुसार नेगोम्बो, केलानिया, नुगेगोडा, माउन्ट लाभिनिया, […]

सम्बन्धित सामग्री

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाको क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । रौतहटको ईशनाथ नगरपालिकाको मोतिपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर वीरगञ्जमा झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो ।  सोमबार अपरान्ह प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सार्वजनिक सूचना निकालेर सोमबार […]

भारतमा साम्प्रदायिक हिंसा : इन्टरेन बन्द गरियो, कर्फ्यु जारी

एजेन्सी  । भारतको नुहमा साम्प्रदायिक द्वन्द्वपछि बुधबारदेखि कर्फ्यु जारी गरिएको छ। बढ्दै गएको अराजकतालाई ध्यानमा राखी उक्त क्षेत्रमा धारा १४४ लागू गरिएको छ। बुधबारदेखि उक्त क्षेत्रमा इन्टरनेट पनि काटिएको छ। हरियानाको नुहमा सोमबार दुई समुदायबीच हिंसात्मक झडप भएको थियो। उक्त झडपमा थुप्रै घाइते भएकोमा ६ जनाको मृत्यु पनि भएको छ। एक समुदायले अर्को समुदायलाई आक्रमण […]

महोत्तरीको भंगाहामा कर्फ्यु जारी

महोत्तरी :भंगाहा नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी राखेको छ। भंगाहा–८ पडरिया बस्तीमा बिहीबार दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले पडरिया वरपर क्षेत्र तोकेर कर्फ्यु ज्ञा जारी गरेको थियो।भंगाहा नगरपालिका–८ को दक्षिणमा पर्ने पडरिया बस्तीको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा पडरियाको ब्रह्मस्थान, उत्तरमा धर्मपुर बस्तीको दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिका–१ मा पर्ने बगडाचोक तथा पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म जिल्ला प्रशासनल

महाेत्तरीकाे भंगहामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

महाेत्तरी – महोत्तरीको भंगहा नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।  आज बिहीवार बिहानैदेखि हिन्दु सेना सम्राटका कार्यकर्ता बताउने समूह र मुस्लिम समुदायबीच दिनभरजस्तै झडप हुँदा दिउँसो ४ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु जारी गरिएको महोत्तरीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्देश्वर यादवले जानकारी दिनुभयो ।  आज बिहान झन्डै १० बजेतिर हिन्दु सेना सम्राटले मार्च पास निकालेका थिए । त्यसै क्रममा वडा नम्बर ८ पररियामा दुवै समूहबीच झडप भएको थियो । दुवैतर्फबाट भएको ढुंगामुढा...

बाजुराका दुई स्थानीय तहमा कर्फ्यु

बाजुरा– शुक्रबार दिउँसो मतदानका क्रममा झडप भएपछि बाजुराका दुई स्थानीय तहमा कर्फ्यु जारी आदेश जारी गरिएको छ । शुक्रबार राति ८ बजेदेखि शनिबार बिहान ७ बजेसम्मका लागि बूढीनन्दा नगरपालिकाका ७, ८, ९ र १० नम्बर वडा र बूढीगंगा नगरपालिकाका २, ३, ४, ५ र ९ मा कर्फ्यु जारी गरिएको हो ।

लमजुङको सिउडिबार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

लमजुङको  सिउँडीबार क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यु जारी भएको छ । लमजुङको सुन्दरबजार नगरपालिका– ९ को सिउँडीबार स्थित फ्युचरस्टार आमाविका एक विद्यार्थीको पौडी खेल्ने क्रममा मगलबार दिउँसो  मर्स्याङ्दी नदीमा डुबेर निधन...

वीरेन्द्रनगरमा कर्फ्यु हटाएर निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला हुन राेक

सुर्खेत – सुर्खेतकाे वीरेन्द्रनगरमा लगाइएकाे कर्फ्यु हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।  एमसीसीको विराेधमा हिजाे साेमवार आह्वान गरिएको बन्दका क्रममा वीरेन्द्रनगर तनावग्रस्त बन्दै गएपछि हिजाे सवा ८ देखि आज मङ्गलवार बेलुकी ७ बजेसम्म कर्फ्यु जारी गरिएको थियो । अहिले ७ बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका निषेधाज्ञा जारी गरिने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो । उहाँले अप्रिय घटना नघटेको र शान्तिपूर्ण अवस्था रहेकाले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको बताउनुभयो । एमसीसीकाे विराेधमा हिज...

कोरोना संक्रमण दर बढेपछि दिल्लीमा सातामा २ दिन कर्फ्यु

२१ पुस, काठमाडौं । भारतमा कोरोनाको संक्रमण तीव्र रुपमा बढेपछि राजधानी नयाँदिल्लीमा सातामा दुई दिन कर्फ्यु लगाइएको छ । दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले शनिबार र आइतबार कर्फ्यु जारी गरिएको जानकारी दिएका हुन् । यसअघि दिल्लीमा रात्रिकालीन कर्फ्यु जारी गरिएको थियो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि कोरोनाबाट संक्रमित छन् । उपमुख्यमन्त्री सिसोदियाले पत्रकार सम्मेलन गर्दै […]

आजबाट नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यु जारी

काठमाडौँ । नयाँ दिल्लीमा कोरोना संक्रमणका विरामी बढ्दै गएपछि आजबाट रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । दिल्ली प्रदेश सरकारले सोमबार राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ । मिडिया रिपोर्टका अनुसार नजिकिंदो नयाँ वर्ष २०२२ को अवसरमा आयोजना हुने भिडभाडयुक्त कार्यक्रमबाट संक्रमण झन् बढी नफैलियोस् भनेर रात्रिकालीन […]