बैतडी : सुदूरपश्चिम प्रदेश भूकम्पको उच्च जोखिममा रहेको देखिएको छ।गएराति डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पपछि सुदूरपश्चिममा २०० वटा परकम्प गइसकेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए। बुधबार दिउँसो १ बजेसम्म २०० वटा परकम्प गइसकेका हुन्।शर्माका अनुसार गएराति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ र राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ तथा आज (बुधबार) बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्