नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुँजीबजार ‘साम्राज्यवादको विकसित रूप’ भनेर दिएको अभिव्यक्तिप्रति विवेकशील साझा पार्टीले आपत्ति जनाएको छ ।
पार्टी प्रवक्ता शरदराज पाठकले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै अर्थतन्त्रको अत्यन्तै संवेदनशील क्षेत्र मानिने पुँजी बजारलाई उत्तेजित गराउने तथा बजारमा गलत सन्देश जाने गरी उच्च राजनीतिक नेतृत्वबाट आएको आपत्तिजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘विगतमा २ पटक मुलुकको शासन सत्ताको बागडोर सम्हालिसकेका र वर्तमान सत्ता गठबन्...