जिता नदीको तटबन्ध भत्किँदा डेढ सय घर डुबानमा

सप्तरी – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा – ५ मा जिता नदीको पश्चिमी तटबन्ध भत्किँदा एक सय ५० घर डुबानमा परेका छन् । आज बिहानैदेखि जिता नदीमा पानीको बहाव उच्च रहेका कारण तटबन्ध भत्किएको हो । गाउँपालिकाको विपद् व्यवस्थापन शाखा प्रमुख राजेशकुमार झाका अनुसार तटबन्ध भत्किएर नदी बस्तीतर्फ सोझिएको छ । जिताको पानी खंग टोल, सरदार टोल र राम टोलका एक सय ५० घरमा पसेको झाले बताउनुभयो । उहाँका अनुसार दुई वटा घर भत्किएका छन् । बस्तीमा पानी पसेपछि स्थानीयवासी त्रसित छन् । उनीहरूलाई पशुचौपाया र सम्प...

सम्बन्धित सामग्री

तटबन्ध कार्यालय कर्मचारीविहीन

महोत्तरी । महोत्तरीको जलेश्वरस्थित जनताको तटबन्ध फिल्ड कार्यालय–२ कर्मचारीविहीन बनेको छ । कर्मचारीको अभावमा कार्यालयको काम कारवाही प्रभावित भएको छ । कार्यालयमा प्रमुख, तीन इञ्जिनीयर, तीन सब–इञ्जिनीयर, एक लेखापाल र चारजना कार्यालय सहयोगी कार्यरत छन् । गत असारपछि कार्यालय प्रमुख र अन्य कर्मचारी आएका छैनन् । कार्यालय प्रमुख राजेन्द्रप्रसाद देव प्रायः काठमाडौंमै बस्छन् । उनको अनुपस्थितिमा अनिवार्य रूपमा कार्यालयमा हुनुपर्ने सूचना अधिकारी इञ्जिनीयर सुशील चौधरी पनि गत असारपछि आफ्नो घर जनकपुरमै बसिरहेको बताइएको छ । सो कार्यालय अहिले तीनजना कार्यालय सहयोगीको भरमा सञ्चालनमा छ । जिल्लामा बाढी आएपछि कार्यालयमा कार्यरत कर्मचारीको खोजीनीति शुरू भएको छ । विगत १० दिनमा महोत्तरी जिल्लाको रातो नदीमा ठूलो बाढी आएर सो कार्यालयले निर्माण गरेको तटबन्ध भत्काएर जिल्लाको बलवा नगरपालिका–४ को तिलगढ, रौजा र वडा नं ११ अधियानपुर गाउँका १ हजार बढी घर डुबानमा परेका छन् । यसबाट लाखौंको भौतिक क्षति भएको छ भने सयौं बिघा धानखेती नष्ट भएको छ । रासस

तटबन्ध चार ठाउँमा भत्किएर गाउँमा बाढी पस्यो, ९ सय बढी घर डुबानमा

जनकपुरधाम- तीनदेखि निरन्तर भइरहेको वर्षाले आएको बाढीले प्रदेश-२ का महोतरी र सप्तरी जिल्लाका सयौँ घर डुबानमा परेको छ । पानीले जिल्लाको तिलगढस्थित रातु नदीको तटबन्ध भत्किँदा बलवा नगरपालिकाका विभिन्‍न वडामा गरि ९ सयभन्दा बढी घर डुबानमा परेको छ । तिलगढ र रौजासहित नदीको तटबन्ध विभिन्‍न चार ठाउँमा भत्केर गाउँमा पानी …

तटबन्ध चार ठाउँमा भत्किएर गाउँमा बाढी पस्यो, ९ सय बढी घर डुबानमा

जनकपुरधाम- तीनदेखि निरन्तर भइरहेको वर्षाले आएको बाढीले प्रदेश-२ का महोतरी र सप्तरी जिल्लाका सयौँ घर डुबानमा परेको छ । पानीले जिल्लाको तिलगढस्थित रातु नदीको तटबन्ध भत्किँदा बलवा नगरपालिकाका विभिन्‍न वडामा गरि ९ सयभन्दा बढी घर डुबानमा परेको छ । तिलगढ र रौजासहित नदीको तटबन्ध विभिन्‍न चार ठाउँमा भत्केर गाउँमा पानी …

महोत्तरीमा नौसय घर डुबानमा

महोत्तरी जिल्लाको रातो नदीको तटबन्ध भत्किँदा ९०० घर डुबामा परेको छ । जिल्लाको बलवा नगरपालिका–४ तिलगढ गाउँ नजिकै रातो नदीको तटबन्ध भत्किएर खोलाको पानी गाउँमा पस्दा ती घर डुबानमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रातो नदीमा आज बिहान आएको बाढीले बलवा नगरपालिकाको एउटै वडाको चार स्थानमा तटबन्ध …

महोत्तरीमा ९ सय घर डुबानमा

महोत्तरी जिल्लाको रातो नदीको तटबन्ध भत्किँदा ९०० घर डुबामा परेको छ । जिल्लाको बलवा नगरपालिका–४ तिलगढ गाउँ नजिकै रातो नदीको तटबन्ध भत्किएर खोलाको पानी गाउँमा पस्दा ती घर डुबानमा परेका हुन् ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रातो नदीमा आज बिहान आएको बाढीले बलवा नगरपालिकाको एउटै वडाको चार स्थानमा तटबन्ध भत्काएपछि तिलगढ र रौजा गाउँ डुबानमा परेको हो ।विगत तीन दिनदेखि जिल्लामा परिरहेको अबिरल वर्षाका कारण रातो नदीमा आएको बाढीले बलवा नगरपालिकाका–४ म

रातु नदीको तटबन्ध भत्कियो‚ जोखिममा दर्जनौं गाउँ

जनकपुरधाम : केही दिनदेखि आएको वर्षाले महोत्तरीको बलबा नगरपालिका–४ स्थित तिलगढमा रातु नदीको तटबन्ध चार ठाउँमा भत्किएको छ।तटबन्ध भत्किएर बाढी पस्दा तिलगढ गाउँ डुबानमा परेको स्थानीय लक्ष्मण मण्डलले बताए। बाढीले करिब ९०० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए। उनका अनुसार बाढीले एउटै वडाका विभिन्न ठाउँमा गरेर ४०० मिटर बाँध भत्केको छ।त्यसैगरी बाढीले बलवा–११ रौजा तटबन्ध कटान गर्दा रौजा मजारलगायत वस्तीमा बाढी पसेको छ। बाढीले बस्ती डुबेप

जीता नदीको पश्चिम तटबन्ध भत्किँदा बस्ती जलमग्न

जीता नदीको पश्चिम तटबन्ध भत्किँदा सप्तरीको तीलाठी कोइलाडी गाउँपालिकाका आधा दर्जन बस्ती जलमग्न भएका छन् । दुई/तीन दिनदेखि लगातार पानी परेपछि आएको बाढीले वडा नं ५ का खङग टोल, सरदार टोल, राम टोलासहित करिब १५० भन्दा बढी घर डुबानमा परेको जनाइएको छ ।तटबन्ध भत्किँदा जीता खोलाको पानी बस्तीतर्फ सोझिएपछि बस्तीको बीच भागबाट पानीको बहाव बग्न थालेको छ । बाढीपीडित परमेश्‍वर सरदारले चारैतर्फ घरलाई बाढीले छेकेका कारण घर बाहिर कतै जान पनि समस्या भइरहेको बताए ।एक्कासि पानीको भेल उर्लेर गाउँतर्फ आएपछि घर छाडेर

जीता नदीको बाँध भत्किँदा सप्तरीमा १ सय ५० घर डुबानमा

१ भदौ, सप्तरी । जीता नदीको बाँध भत्किँदा सप्तरीमा १ सय ५० घर डुबानमा परेको छ । निरन्तरको वर्षाका कारण तिलाठी-कोइलाडी गाउँपालिकास्थित वडा नम्बर-५ को बर्साइनस्थित दलित बस्तीमा बाढी पसेको हो। बाढीले एकैगाउँका  १ सय ५० घर डुबानमा परेको गाउँपालिकाका विपद् व्यवस्थापन संयोजक राजेश झाले जानकारी दिए । उनका अनुसार मंगलबार बिहान नदीको पश्चिमी तटबन्ध […]

दोलालघाट पुरानो बजार क्षेत्रका ११ ओटा घर डुबानमा

असार ४, काभ्रे । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा परेका छन् । केही दिनदेखि परेको अविरल वर्षाका कारण इन्द्रावती र भोटेकोशी नदीमा आएको बाढीका कारण नदीमा पानीको बहाव बढेर ती घर डुबानमा परेको हो । घर डुबानमा परेपछि जनप्रतिनिधि, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा डुबानमा परेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्नुका साथै सामानसमेत निकालेर अन्यत्र सारिएको छ । डुबान क्षेत्रमा परेका बजार क्षेत्रको बिहीबार पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा, वाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, गाउँपालिका अध्यक्ष गुमानध्यव कुँवर, उपाध्यक्ष कल्पना श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल नेतृत्वको टोलीले स्थलगत अनुगमन गरी डुबानबाट भएको भौतिक क्षतिको यकिन विवरण संकलन गरी जिल्ला विपद् व्यवस्थापन समितिमा पेश गर्न आग्रह गरेको छ । नदी छेउमा घर भएका कारण पानी पर्न थालेदेखि दुई/तीन दिनदेखि यहाँका मानिस घर छाडेर बाहिरै बस्दै आएका र बुधवार राति आएको ठूलो बाढीले बस्ती नै डुबानमा परेपछि सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको सहयोगमा सामान अन्यत्र सारेको पीडित सुदर्शन रायले बताए ।  दुवै नदीमा बाढी आएको र पछिल्लो समयमा इन्द्रावती नदीले बगर क्षेत्रलाई कटान गर्दै भोटेकोशी नदीलाई धकेलेपछि झन् बस्ती भएकोतिर बहाव बढेपछि घर एक तलासम्म पुरिएको छ । डुबानबाट त्यहाँका विन्दा श्रेष्ठ, नानीबाबु मिजार, रामकाजी श्रेष्ठ, राजु श्रेष्ठ, सुवास राय, रामप्यारी गिरी, दिलीप श्रेष्ठ, सुदर्शन राय, लोकदर्शन राय र श्याम बस्नेतलगायत त्यहाँका ११ घरपरिवार सो ठाउँबाट अन्यत्र सरेका छन् । त्यससँगै नदीबाट दोलालघाट पुरानो बजार क्षेत्रमा टहरा बनाएर बस्दै आएका माझी समुदायको टहरासमेत डुबानमा परेको गाउँपालिका अध्यक्ष कुँवरले बताए । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले डुबानमा परेका परिवारको अन्त ठाउँमा पनि घर भएका कारण सुरक्षित ठाउँमा सारिएको र पानीको बहाव झन् बढ्न सक्ने भएकाले थप समस्या हुन नदिन सुरक्षा उपाय अपनाउन प्रहरी प्रशासन परिचालन गरेको बताए ।  नदीमा बाढी आएर दोलालघाट बजार क्षेत्र र मण्डनदेउपुर नगरपालिकाको सिपाघाट क्षेत्र डुबानमा परी पूर्ण तथा आंशिक क्षति भएकाले विपद्बाट प्रभावितको सुरक्षित बसोबास, खाद्यान्न, गैरखाद्य सामग्री जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा व्यवस्थापन गरिरहेको प्रजिअ पोखरेलले बताए । समितिले बिहीवार डुबान क्षेत्रको स्थलगत अनुगमन गरी बाढी तथा डुबान प्रभावितलाई तत्काल आवश्यकपर्ने खाद्य तथा गैरखाद्य सामग्री गाउँरनगरपालिका र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा गर्ने र स्थानीय तहबाट पहिचान भएका थप आवश्यक सामग्री व्यवस्थापनका लागि प्रभावितहरूको विवरण यकिन गरी गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय वाग्मती प्रदेशमा अनुरोध गर्ने निर्णय गरेको छ ।  बाढीका कारण दोलालघाटमा रहेको पक्की पुल रहेको स्थानमा नदीले बगाएर ल्याएको ढुंगा, गिट्टी, बालुवा आदिका कारण नदीको उचाइ बढेकाले तत्काल व्यवस्थापन गर्न सम्बन्धित निकायमा अनुरोध गर्नेसमेत जिल्ला समितिले निर्णय गरेको छ । त्यससँगै समितिले चाखोला र दोलालघाटको पुरानो बजारसम्मको इन्द्रावती र भोटेकोशी नदीको तटबन्ध गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सिफारिश गर्ने र उक्त स्थानमा बाढी पूर्वसूचना प्रणाली जडान गर्न जल तथा मौसम पूर्वानुमान विभागमा अनुरोध गर्ने निर्णय गरेको छ । रासस