महोत्तरी जिल्लाको रातो नदीको तटबन्ध भत्किँदा ९०० घर डुबामा परेको छ । जिल्लाको बलवा नगरपालिका–४ तिलगढ गाउँ नजिकै रातो नदीको तटबन्ध भत्किएर खोलाको पानी गाउँमा पस्दा ती घर डुबानमा परेका हुन् ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रातो नदीमा आज बिहान आएको बाढीले बलवा नगरपालिकाको एउटै वडाको चार स्थानमा तटबन्ध भत्काएपछि तिलगढ र रौजा गाउँ डुबानमा परेको हो ।विगत तीन दिनदेखि जिल्लामा परिरहेको अबिरल वर्षाका कारण रातो नदीमा आएको बाढीले बलवा नगरपालिकाका–४ म