तटबन्ध र ढल निकासको उचित व्यवस्थापन नहुँदा झापा जलमग्न, सयौँ घर डुबानमा (तस्वीरहरू)

झापा :  जब घरआँगनमा पानी पस्छ, त्यही वेला डुबानमा परेका पीडित बासिन्दाको चेत खुल्छ। अनि हारगुहार गर्न थाल्छन्, ‘घरआँगनमा पानी पस्यो कसैले हाम्रो समस्या सुनिदिएन।’ अनि गाली गर्छन् आफैँले भोट दिएर जिताएका जनप्रतिनिधिलाई। उनीहरूको आक्रोश राजनीतिक दलका नेता र स्थानीय पालिकामाथि पनि त्यतिकै छ।पूर्वतयारीसँगै दीर्घकालीन समस्या समाधानमा खासै चासो नदेखाएका जनप्रतिनिधि, नेता तथा तिनका कार्यकर्ताहरू पनि यस्तो विपद्‌मा गरून् त के गरून् ? उनीहरू पनि हुल बाँधेर डुबान र जलमग्न घर–आँ