विश्व बैंकले नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका लागि करिब १३ अर्ब ८० करोड रुपैयाँ (१०३.८४ मिलियन अमेरिकी डलर) वैदेशिक सहायता दिने भएको छ । जसमध्ये एक सय मिलियन डलर सहुलियतपूर्ण ऋण अन्तर्राष्ट्रिय...
काठमाडौं । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलकांलाई तेल खरिद गर्न ३८ सय करोड भारतीय रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । श्रीलंकाका विदेशमन्त्री जिएल पिरिसले भारतले तेल खरिद गर्न ३८ सय करोड सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको जानकारी गराएका हुन् । पिरिसले हाल श्रीलंकाले विश्व बैंकसँग पनि सहयोगको अपिल गरेको तर सहयोग पाउन […]
सरकारले सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको खरिदका लागि रकम उपलब्ध गराउने भएको छ । मूल्य स्थिरीकरण कोषको आज बसेको बैठकले निगमले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्नुपर्ने पहिलो किस्ता बापतका नपुग रु चार अर्ब २५ करोड उपलब्ध गराउने निर्णय गरेको हो ।
गत बिहीबार पेट्रोलियम पदार्थको मूल्य समायोजनपश्चात पनि १५ दिनमा करिब दुई अर्ब ५० करोड घाटा रहेको निगमले जनाएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएपछि निगमको खरिद मूल्य बढेर घाटा बढ्दै गएको छ । निगमले आइओसीलाई मार्च महिनामा बुझाउनुपर्ने पहिलो किस्ता बापतको रकम अपुग भएपछि मूल्य स्थिरीकरण कोषबाट नपुग रकम उपलब्ध गराउन माग गरेको थियो । निगमले प्रत्येक महिनाको आठ र २३ तारिखका दिन आइओसीलाई किस्ता बुझाउँदै आएको छ ।
यसअघि स्थिरीकरण कोषबाट गत जनवरी महिनामा निगमलाई रु एक अर्ब ८० करोड उपलब्ध गराइएको थियो । निगमलाई रकम उपलब्ध गराउने सरकारको निर्णयबाट पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाइराख्न मद्दत पुग्ने प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो । पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेकाले आइओसीलाई भुक्तानी गर्नुपर्ने रकम अझ धेरै नै नपुग हुने स्थिति देखिएको निगमले जनाएको छ । विश्व बजारमा अहिले कच्चा तेलको मूल्य प्रतिव्यारेल १२० डलर नाघेको छ ।
काठमाडौं। कोरोना महामारीबाट प्रभावित बनेको नेपाालको अर्थतन्त्रलाई पुनरुत्थान गर्न विश्व बैंकले १७ अर्ब ७८ करोड दिने भएको छ। आज अर्थमन्त्रालय र बैंकबीच भएको सम्झौताअनुसार उक्त रकम नेपालले पाउने भएको हो। उक्त ऋणले नेपालको निर्यात बढाउन र वैदेशिक व्यापार प्रणाली सुधार गर्न खर्च गरिने छ।
३ असार, काठमाडौं । कोरोना भाइरसको महामारी र यसको नियन्त्रण गर्न अपनाइएका प्रतिबन्धात्मक व्यवस्थाका कारण प्रभावित अर्थतन्त्रको पुनरुत्थान गर्न विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर (१७ अर्ब ७८ करोड रुपैयाँ) ऋण दिने भएको छ …