सीएनएन।बेलायतको रक्षा मन्त्रालयले काबुलमा रहेका आफ्ना नागरिकको उद्धार गर्न थप ६ सय सैनिक पठाउने तयारी गरेको बताएको छ।बेलायती दूतावासमा कार्यरत आफ्ना नागरिकको उद्धारमा सहयोग पु¥याउन केही समयको लागि थप सेना पठाउन लागिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।अमेरिकाले पनि काबुलमा रहेका आफ्ना नागरिकको उद्धारको लागि थप ३ हजार सेना पठाउने घोषणा गरेको छ। भारतले पनि आफ्ना नागरिकको उद्धार प्रक्रिया सुरु गरेको छ।