उपभोक्ता लाइनमा, निगमका हाकिम दिल्लीमा

कमिसन बढाउन माग गर्दै व्यवसायी आन्दोलनमा रहेका बेला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र आयल निगमका उच्च अधिकारीहरु भने प्रधानमन्त्री शेरबहादुर देउवासँगै भारत भ्रमणमा छन् । यता उपभोक्ता भने पेट्रोल नपाइने त्रासमा दिनभर चर्को घाममा पेट्रोल पम्प अगाडि लाइन लागेका छन् ।

सम्बन्धित सामग्री

आयल निगमका हाकिमले ४० करोड भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीविरुद्द अख्तियार दुरुपयोग अनुसनधान आयोगमा उजुरी परेको छ । कार्यकारी निर्देशक थानीले ४० करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी परेको हो । पटक पटक पेट्रोलियम पदार्थको भाउ बढाउँदा स्टक क्लियरेन्स नगरी मूल्य बढाएर ४० करोड रुपैयाँ भ्रष्टचार गरेको भन्दै उनी विरुद्द सोमबार अख्तियारमा उजुरी परेको हो । उजुरीमा कार्यकारी निर्देशक थानीले पेट्रोल पम्पहरुसँग मिलेर मूल्य बढाउने गरेको दाबी गरिएको छ । उजुरीकर्ता दामोदर रेग्मीले पहिला पेट्रोल पम्पहरुलाई प्रशस्त इन्धन दिएर पम्पहरुमा इन्धन बाँकी हुँदै चर्को मूल्यवृद्धि गर्ने गरिएको उल्लेख गरेका छन् । उनले यस वापत पम्पहरुले पाउने लाभमा निगमका हाकिमले पनि हिस्सा पाउने भएरै उनले पम्पहरुमा स्टक बाँकी हुँदै मूल्य बढाउने गरेको दाबी गरेका छन् ।निगमका कार्यकारी निर्देशकको मिलेमतोबीमा पम्पलाई प्रशस्त इन्धन दिएर अनि मूल्य बढाउने कुरा सम्भव नहुने दाबी रेग्मीको छ । संसदमा सांसदहरुले पनि सोमबार स्टक क्लियरेन्स नगरी मूल्य बढाउने काम भएको भन्दै यस विषयमा आयल निगमका अधिकारीदेखि मन्त्रीहरुसम्मको मिलेमतो रहेको आरोप लगाएका थिए । अख्तियारमा निगमका हाकिम विरुद्द मुद्दा दायर गरेका रेग्मीले तत्काल छानविन गरी दोषीमाथि कारवाहीको माग गरेका छन् ।

आयल निगमका हाकिम कांग्रेसको चुनाव प्रचार समितिमा

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशकुमार थानी नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’को सदस्यमा मनोनित भएका छन् ।कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महत नेतृत्वको प्रचार–प्रसार समितिको सदस्यमा थानी नियुक्त भएका हुन् । चैत १५ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’ गठन गरेका थिए । सोही बैठकमा उनले संयोजक सदस्यहरु मनोनित गरेका थिए । थानीलाई सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपालको अध्यक्षको रुपमा निर्वाचन प्रचार प्रसार समितिको पदेन सदस्यको रुपमा कांग्रेसले राखेको हो । उनको नाम ६१ औं नम्बरमा छ ।

आयल निगमका विवादास्पद हाकिम गोपाल खड्काले दिए राजीनामा

२४ जेठ, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् । जग्गा खरिद भष्टाचार काण्डमा मुछिएपछि मन्त्रालय तानिएका खड्काले बिहीबार पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका हुन् । कार्यकाल ६ महिना हुँदा राजीनामा दिएका खड्काले निगमलाई मार्गप्रशस्त गर्न यस्तो निर्णय गरिएको बताए । उनले देशी–विदेशी तत्वले सुनियोजित षड्यन्त्र गरेको …