नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशकुमार थानी नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’को सदस्यमा मनोनित भएका छन् ।कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महत नेतृत्वको प्रचार–प्रसार समितिको सदस्यमा थानी नियुक्त भएका हुन् । चैत १५ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’ गठन गरेका थिए । सोही बैठकमा उनले संयोजक सदस्यहरु मनोनित गरेका थिए । थानीलाई सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपालको अध्यक्षको रुपमा निर्वाचन प्रचार प्रसार समितिको पदेन सदस्यको रुपमा कांग्रेसले राखेको हो । उनको नाम ६१ औं नम्बरमा छ ।