पर्वत– लामो समयदेखि बक्यौता रकम नतिरेपछि पर्वतको कुश्मा नगरपालिका क्षेत्रका सडकबत्तीको ‘लाइन’ काटिएको छ । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले कुश्मा नगरपालिकाअन्तर्गतका सवै सडकबत्ती आज काटिदिएको हो । नगरपालिकाले २०७५ सालदेखि सडकबत्ती, नगरपालिकाअन्तर्गत रहेको प्रहरी बिट, स्वास्थ्य इकाइजस्ता ठाउँको महसुल नबुझाएपछि बताइएको छ । नगरपालिका ग्राहक भएर जोडिएका सडकबत्तीलगायत महसुल रकम पटक पटक माग […]