कुश्मा नगरपालिकाद्वारा अत्यावश्यक बाहेकका सेवा स्थगन

पर्वत : जनप्रतिनिधि तथा कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि पर्वतको कुश्मा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको छ।कुश्मा नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङका अनुसार माघ १० गते सोमबारदेखि माघ १६ गते आइतबारसम्मका लागि नगरपालिकाको कार्यालयदेखि वडा कार्यालयका सेवासम्म स्थगन गरिएको हो।‘कुश्मा नगरपालिकाको कार्यालयदेखि वडा कार्यालयमा कार्यरत कर्मचारीदेखि जनप्रतिनिधिहरू पनि कोभिडबाट सङ्क्रमित भएको पुष्टि भएको छ। सङ्क्रमणको दर पनि बढ्दै गएपछ