सत्ता गठबन्धनबीच सीट बाँडफाँट करिब टुंगिएको छ । अहिलेसम्मको सहमति अनुसार सुदूरपश्चिम प्रदेशका १६ संघीय क्षेत्रमा नेपाली कांग्रेसले ९ सीट पाउने भएको छ । त्यस्तै माओवादी केन्द्रले ४ र नेकपा एकीकृत समाजवादीले २ क्षेत्र पाउने सहमति नै भइसकेको छ । अछाम-१ मा नेकपा एस र माओवादी केन्द्रको दाबी छ ।