निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतसहित मातहतका निकायलाई ६ बुँदे निर्देशन दिएको छ ।प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन एक दिन मात्र बाँकी रहँदा आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई मतगणना र मतपरिणामसम्बन्धी सूचनाको कार्यलाई सहज र प्रभावकारी बनाउन ६ बुँदे निर्देशन जारी गरेको हो । यस्ता छन् निर्देशन १, प्रत्येक मतगणनास्थलमा प्रेस कर्नरको स्थापना गरी पत्रकारहरूका लागि सूचना प्राप्तिका लागि सहज पहुँच उपलब्ध गराउने र सो कार्यका लागि सम्बन