दुई मिनेट बसेर स्थगित भयो मधेस प्रदेशसभाको बैठक

मधेस प्रदेश सभाको बैठक दुई मिनेट बसेर स्थगित भएको छ । मधेस प्रदेश सभाको आठौं अधिवेशनको १४ औं बैठक साढे दुई मिनेट जति मात्र बसेर स्थगित भएको हो ।सांसदहरू निजी र पार्टीको काममा व्यस्त हुने गरेको भन्दै प्रदेश सभामा कुरा उठेपछि सभामुखले बैठक स्थगित गरेका हुन् । -न्युज कारखाना 

सम्बन्धित सामग्री

मधेश प्रदेशसभाको बैठक अढाई महिनापछि बस्दा पनि मुख्यमन्त्री अनुपस्थित

जनकपुरधाम । मधेश प्रदेशसभाको बैठक अढाई महिनापछि बस्दा पनि मुख्यमन्त्री सरोज कुमार यादव भने अनुपस्थित भएका छन् । प्रदेशसभाको दोस्रो आधिवेशनको आज पहिलो बैठक मात्र ८ मिनेट चल्यो । तर बैठकमा मुख्यमन्त्री नै देखिएनन् । स्रोतका अनुसार उनी भारत भ्रमणमा छन् । बैठकमा सभामुख रामचन्द्र मण्डलले पहिले प्रदेश प्रमुखले दोस्रो आधिवेशन डाकेको पत्र सुनाए । […]

बागमती प्रदेशसभाः प्रि बजेटमा प्रतिपक्षको असन्तुष्टि

बागमती प्रदेशसभाको बैठक ३० मिनेट पछि बस्ने गरी स्थगित भएको छ । शुक्रबारबाट सुरु भएको प्रदेशसभाको दसौँ अधिवेशन अन्तर्गत शनिबार बसेको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०७९को सिद्धान्त र प्राथमिकता माथि छलफल भएको थियो । बैठकमा दलगत रूपमा सांसदहरूले विनियोजन विधेयक २०७९को सिद्धान्त र प्राथमिकता माथि छलफलमा भाग लिँदै आफ्नो धारणा राखेका थिए । बैठकमा २८ जना सांसदहरूले धारणा राखेका थिए ।बैठकमा सत्तारुढ गठबन्धनका दलहरूको तर्फबाट सांसदहरूले धारणा राख्दै सरकारले ल्याएको बजेटको सिद्

एमालेद्वारा दोस्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक बुधबार दोस्रो दिन पनि अवरुद्ध बनाएको छ । बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले होहल्ला गर्दै बैठकमा अवरोध सुरु गरेका थिए । एमालेले निरन्तर अवरोध गरिरहेपछि बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।एमालेले सांसदहरु अजय शाही र विमला खत्रीलाई पदमुक्त नगरिएसम्म संसद चल्न नदिने अडान लिँदै आएको छ ।  मंगलबार अधिवेशनको पहिलो दिन पनि एमालेकै अवरोधका कारण जम्मा ६ मिनेट बैठक बसेर स्थगित भएको थियो । यता प्रदेश सभाका सचिव दुर्लभ

मुख्यमन्त्रीको राजीनामापछि लुम्बिनी प्रदेशसभा स्थगित

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेशसभाको बैठक दुई मिनेट बसेर स्थगित भएको छ । विशेष अधिवेशन अन्तर्गत आजै बसेको दोस्रो बैठकमा सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्री पोखरेलको राजीनामाबारे जानकारी गराए। पहिलो बैठकमा अविश्वासको प्रस्ताव पेश भए पनि जवाफ दिन मुख्यमन्त्री अनुपस्थित भएपछि बैठक एक घण्टाका लागि स्थगित गरिएको थियो। त्यसपछि प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको राजीनामा प्राप्त भएको पत्र प्रदेशसभामा पठाएपछि सोही पत्र पढेर सभ

बागमती प्रदेशसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित

बागमती प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको जानकारी दिए ।प्रदेशसभाको सोमबार बिहान बसेको पहिलो बैठकले प्रदेश सरकारको आर्थिक विधेयक पारित गरेको थियो । उक्त विधेयक पारित भएपछि १० मिनेट स्थगित गरी पुनः स...

वाग्मती प्रदेशसभा सोमबार पनि स्थगित

वाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ । सोमबार दिउँसो एक बजेका लागि आहृवान गरिएको भएपनि करिब ५० मिनेट ढिलो गरी बसेको बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेसँगै स्थगित गरिएको हो ।

लुम्बिनी प्रदेशसभाः ६ अधिवेशनसम्म जो एक पटक बोलेनन्

छैटाैँ अधिवेशनसम्म प्रदेशसभाको बैठक ३ सय ५ घण्टा १२ मिनेट बस्यो । तर, यति धेरै बैठक बसे पनि लुम्बिनी प्रदेशका ६ सांसदहरू भने विशेष र शून्य समयमा एकपल्ट पनि बोलेनन्

प्रदेशसभाको बैठक माघ २५ गते बस्ने

अनिश्चित समयका लागि स्थगित भएको प्रदेशसभाको बैठक माघ २५ गते आइतबार बस्ने भएको छ । माघ ७ गते करिव ३ मिनेट मात्र बसेर अनिश्चित समयका लागि स्थगित भएको बैठक २५ गते दिउँसो २ बजे बस्ने गरी आइतबार प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरेको हो । प्रदेशसभा सचिवालयमा बिजनेश अभाव भएको र मुख्यमन्त्री शेरधन राईको ब्यस्तताको कारण बैठक बस्न ढिलाई भएको हो । प्रदेशसभा सचिवालयमा यतिबेला मुख्यमन्त्री शेरधन राईमाथि विश्वास छैन भन्ने अविश्वासको प्रस्तावमात्र दर्ता छ ।

नेपाली कांग्रेसका सांसदले प्रदेशसभाको बैठक अवरुद्ध गरे

सुर्खेत – कर्णाली प्रदेशसभाको आजको बैठक  प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले  अवरुद्ध गरेका छन् ।  सरकारले दिनप्रतिदिन प्रदेशको बेइज्जती बढाएको भन्दै नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले बैठक अवरुद्ध गर्नुभएकाे थियार् । आज ३ बजे बस्ने भनिएको बैठक झण्डै ४० मिनेट पछि बसेको थि...