अनिश्चित समयका लागि स्थगित भएको प्रदेशसभाको बैठक माघ २५ गते आइतबार बस्ने भएको छ । माघ ७ गते करिव ३ मिनेट मात्र बसेर अनिश्चित समयका लागि स्थगित भएको बैठक २५ गते दिउँसो २ बजे बस्ने गरी आइतबार प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरेको हो ।
प्रदेशसभा सचिवालयमा बिजनेश अभाव भएको र मुख्यमन्त्री शेरधन राईको ब्यस्तताको कारण बैठक बस्न ढिलाई भएको हो । प्रदेशसभा सचिवालयमा यतिबेला मुख्यमन्त्री शेरधन राईमाथि विश्वास छैन भन्ने अविश्वासको प्रस्तावमात्र दर्ता छ ।