प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक बुधबार दोस्रो दिन पनि अवरुद्ध बनाएको छ । बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले होहल्ला गर्दै बैठकमा अवरोध सुरु गरेका थिए । एमालेले निरन्तर अवरोध गरिरहेपछि बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।एमालेले सांसदहरु अजय शाही र विमला खत्रीलाई पदमुक्त नगरिएसम्म संसद चल्न नदिने अडान लिँदै आएको छ । मंगलबार अधिवेशनको पहिलो दिन पनि एमालेकै अवरोधका कारण जम्मा ६ मिनेट बैठक बसेर स्थगित भएको थियो । यता प्रदेश सभाका सचिव दुर्लभ