२० चैत, काठमाडौं । सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ ।
बुधबार बसेको निगम सञ्चालक समिति बैठकले कोषमा ५० करोड रुपैयाँ सहयोग गर्ने निर्णय …
काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७६/७७ वाणिज्य बैंकहरूको नाफामा उल्लेख्य सुधार तथा वृद्धि देखिएको छ । गत आवमा वाणिज्य बैंकहरूको नाफा औसतमा २० दशमलव ०२ प्रतिशतले बढेको हो ।
हाल नेपालमा २७ वाणिज्य बैंक सञ्चालनमा छन् । सोमवारसम्म उनीहरूले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो आव २०७६/७७ मा भने वाणिज्य बैंकहरूको खुद नाफा औसतमा १२ प्रतिशतले घटेको थियो ।
तथ्यांकअनुसार गत आवमा वाणिज्य बैंकहरूले कुल रू. ६३ अर्ब ३७ करोड ३८ लाख ३६ हजार खुद नाफा कमाएका छन्, जुन अघिल्लो आवको तुलनामा १० अर्ब ५७ करोड ३२ लाखले बढी हो । अघिल्लो आव २०७६/७७ मा बैंकहरूले रू. ५२ अर्ब ८० करोड ६ लाख खुद नाफा कमाएका थिए । त्यसअघि अर्थात् आव २०७५/७६ मा भने बैंकहरूले ६१ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा कमाएको देखिन्छ ।
अघिल्लो आवमा कोरोना महामारीका कारण बैंकहरूको नाफा नमज्जाले प्रभावित भएको थियो । प्रवाहित कर्जा नउठ्दा र नयाँ व्यवसाय पनि विस्तार हुन नसक्दा व्यवसाय नमज्जाले प्रभावित भएको थियो । तर, गत आवमा भने बैंकहरूको नाफामा ह्वात्तै बढेको छ ।
बैंकहरूले व्यावसायिक गतिविधिबाट नै त्यस बराबरको नाफा कमाएका भने होइनन् । नाफा बढ्नुको पछाडि राष्ट्र बैंकको एक निर्देशन कारण रहेको छ ।
गत जेठमा राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै वाणिज्य बैंकहरूलाई पनि लघुवित्त वित्तीय संस्थाहरूको शेयर खरीद गर्न रोकेको थियो । साथै, खरिीद गरिसकेको शेयर पनि आगामी पुस मसान्तभित्र विक्री गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन थियो ।
वाणिज्य बैंकहरूले लघुवित्तको शेयर व्यापक मात्रामा खरीद गर्दै आएका थिए । तर, राष्ट्र बैंकको निर्देशनपछि बैंकहरूले धमाधम त्यस्तो शेयर विक्री गर्दै आएका छन् । त्यसको असरले नै बैंकहरूको नाफा बढेको बैंकरहरू बताउँछन् । साथै, व्यावसायिक गतिवधि पनि बढ्दो अवस्थामा रहेकाले नाफा बढेको बताइएको छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नाफा बढ्नुको मुख्य कारण लघुवित्त कम्पनीको शेयर विक्री गर्नु रहेको बताए । ‘हाम्रो बैंकको हकमा नाफा बढ्नुको मुख्य कारण यही हो । राष्ट्र बैंकको निर्देशनअनुसार त्यस्तो शेयर विक्री गर्नुपर्ने भएकाले समग्र बैंकिङ क्षेत्रको नाफा बढको देखिन्छ,’ उनले भने, ‘साथै, यस अवधिमा व्यावसायिक वृद्धि पनि राम्रो नै भएको छ ।’
गत आवमा नाफा कमाउने मामलामा अन्य बैंकलाई पछि पार्दै नबिल बैंक अग्र स्थानमा देखिएको छ । नबिल बैंकले समीक्षा वर्षमा रू. ४ अर्ब ५० करोड ४४ लाख खुद नाफा कमाएको छ । नाफा कमाउने मामिलामा सबैभन्दा बढी चुक्ता पूँजी भएको ग्लोबल आईएमई बैंक भने दोस्रो नम्बरमा रहेको छ । उक्त बैंकले रू. ४ अर्ब १२ करोड ६५ लाख खुद नाफा कमाएको छ ।
नाफा कमाउने मामिलामा अघिल्लो आवसम्म पहिलो नम्बरमा रहेको राष्ट्रिय वाणिज्य बैंक यसपटक भने तेस्रो स्थानमा पुगेको छ । बैंकले रू. ३ अर्ब ७९ करोड ५३ लाख नाफा कमाएको छ ।
सिभिल बैंक यसपटक पनि नाफा कमाउने मामलामा अन्तिम नम्बरमा रहेको छ । बैंकले ५५ करोड ९३ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना नियन्त्रण गर्न पहिलोपटक २०७६ चैत ११ गतेबाट २०७७ असारसम्म नै पूर्ण बन्दाबन्दी लगाइएको थियो ।
नमज्जाले प्रभावित भए । त्यो अवस्थामा कोरोना प्रभावित क्षेत्रमा प्रवाह भएको कर्जाको सावाँब्याज उठ्न सकेन । कर्जा पुनर्तालिकीकरण, सावाँब्याज भुक्तानीको म्याद थपजस्ता नीतिले अघिल्लो आवमा बैंकहरूको नाफा नमज्जाले प्रभावित भएको थियो ।
तर, चालू आवमा बैंकिङ गतिविधि बढ्दै गयो । त्यसको असरले नै नाफा बढेको बताइएको छ । शेयर कारोबार पनि बैंकहरूको नाफा बढ्न गएको बताइएको छ । यद्यपि गत वैशाख १६ गतेदेखि गरेको निषेधाज्ञा कारण बैंकको व्यवसाय प्रभावित भएको थियो ।
जेठ २०, धरान । कोरोना महामारीले आन्तरिक आय प्रभावित भएपछि पुरानै योजनालाई निरन्तरता दिदैं कोभिड नियन्त्रणलाई प्राथमिकता दिने बजेट ल्याउने धरान उपमहानगरपालिकाले तयारी गरेको छ । आर्थिक वर्ष २०७८/७९ का लागि करीब डेढ अर्ब सम्मको बजेट बनाउने तयारीमा धरान उपमहानगरपालिका रहेको छ ।
असार १० गतेसम्म बजेट तथा कार्यक्रम सार्वजनिक गरिसक्नु पर्ने अवस्था रहेकाले राजस्व परामर्श समितिले बजेटको तयारी गरिसकेको छ । समितिकी संयोजक तथा उपमेयर मञ्जु भण्डारी सुवेदीले आन्तरिक आय एकदम न्यून रहेकाले पुरानै योजनालाई निरन्तरता दिदैं कोभिड नियन्त्रणलाई प्राथमिकता दिएर बजेट आउने बताइन् ।
उनका अनुसार चालू आर्थिक वर्ष ५४ करोडको अनुमानित आयमा १४ करोड मात्रै संकलन भएको छ । करीब ३४ करोड घाटामा रहेको उनले बताइन् ।
अघिल्लो वर्षको घाटा पूर्ती गर्दै चालू वर्षको योजना नै निरन्तर दिदैं कोभिड नियन्त्रणलाई पहिलो प्राथमिकता दिएर बजेट आउने उनले बताइन् । उनले भनिन्, राजस्व परामर्श समितिको काम सकिएको छ, सिलिङ वितरण गर्ने छौं, अघिल्लो आवको व्ययभारलाई कसरी व्यवस्थापन गर्ने भनेर छलफल गरिरहेका छौं ।’ कोभिड नियन्त्रणका लागि आइसोलेसन, अक्सिजन सिलिण्डर, स्वास्थ्य उपचारलाई प्राथमिकता दिएर बजेटको तयारी गरिएको उनले बताइन् ।
धरानको बजेटका लागि संघीय सरकारबाट ५० करोड ४५ लाख ८६ हजार र प्रदेशबाट ३ करोड ८४ लाख २२ हजार ९५० रुपैयाँको सिलिङ प्राप्त गरेको छ । संघीय सरकारले समानिकरणतर्फ ३३ करोड ९२ लाख, राजस्वबाट ८ करोड २६ लाख ९३ हजार र अन्तशुल्क बापत पनि ८ करोड २६ लाख ९३ हजार बजेट विनियोजन गरेको छ ।
त्यसैगरि प्रदेश सरकारबाट समानिकरणतर्फ २ करोड १ लाख ४७ हजार र सवारी कर बापत १ करोड ८२ लाख ७५ हजार ९ सय ५० रुपैयाँको सिलिङ प्राप्त गरेको छ ।
संघीय र प्रदेश सरकारबाट आएको बजेटको आधारमा धरानको बजेट बनाउने तयारीमा रहेको मेयर तिलक राईले बताए । उनका अनुसार करीब डेढ अर्बको नजिकमा बजेट बन्ने भएको छ ।
उनले भने, अघिल्लो वर्ष अनुदानबाट आउने रकमहरु पनि आएन, त्यसले पनि प्रभाव पायो, यो वर्ष पनि आउँछ भन्ने आशा गर्ने पर्नेछ, त्यसैलाई पनि आधार बनाएर बजेट बनाउने छौं ।’ बजेटलाई यथार्थपरक बनाउँदै अघिल्लो वर्षको भन्दा सानो आकारको बजेट बनाउने उनले बताए ।
चालू वर्ष धरान उपमहागनरपालिकाको बजेट एक अर्ब ७७ करोड ९१ लाख रुपैयाँ रहेको थियो । कोरोनाको महामारीले करीब ४० प्रतिशत मात्रै बजेट खर्च गर्न सफल भएको छ ।
नेपाल आयल निगमले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५० करोड सहयोग गरेको छ । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।
काठमाडौं : सरकारले नोभल कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि आपतकालीन कोष बनाएको छ। मन्त्रिपरिषदको आइतवार अपरान्ह बालुवाटारमा बसेको बैठकले ५० करोड रुपैयाँसहितको कोरोना नियन्त्रण कोष बनाउने निर्णय गरेको हो।
यो कोषमा मन्त्रिपरिषदका सबै सदस्यले एक महिनाको तलब बराबरको रकम दिने निर्णय पनि भएको छ।
नेपा...