शनिबार रातिदेखिको अविरल वर्षाका कारण आएको पहिराले अवरुद्ध बेँसीशहर चामे सडक सञ्चालनमा आएको छ । अवरुद्ध भएको बेँसीशहर नगरपालिका–६ खरखरेबाट वैकल्पिक सडक बनाइ बेँसीशहर-बाँझाखेत खुदी सडकको प्रयोग गरी सोमबार बिहान ११ बजेदेखि सवारी आवतजावत भएको डुम्रे(बेँसीशहर चामे सडकका प्रमुख इञ्जिनीयर अच्युत विलास पन्तले बताए । वैकल्पिक सडकको अप्ठ्यारो भएको ठाउँमा कार्यालयको इस्काभेटरले माटो सम्माएर मिलाउँदै सवारी सञ्चालन गरिएको छ । मनाङ जाने एक मात्र बेँसीशहर(चामे सडक अवरुद्ध हुँदा मना