काठमाण्डौ – लगातारको वर्षाको कारण देशका पश्चिम तराईका जिल्ला जलमग्न भएका छन् । बाँके बर्दिया, दाङ लगायतका क्षेत्र डुबानमा परेका छन् ।
ठूलो पानी नपरे पनि गएरातिदेखि लगातारजस्तै पानी पर्दा यी ठाउँहरु जलमग्न भएका हुन् । धेरै खाल्डाखुल्डी, पानी निकास हुने ठाउँ नहुँदा र बालुवाका कारण मध्यम खालको पानी पर्दा पनि तराई तथा उपत्यका डुबानमा पर्ने गरेका मौसमविद् बिनु महर्जनले बताउनुभयो ।
यस्तै लगातार पानी परेर जमिन भिजिरहेको हुनाले भिरालो जमिनमा पहिरोको जोखिम बढेकोले सतर्कता अपनाउन पनि मौसमविद् महर्जनले आग्...