काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ । गएराति भएको खेलमा चेन्नईले सनराइजर्स हैदराबादलाई १३ रनले हराएको हो ।
चेन्नईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो । हैदराबादका लागि निकोलस पुरनले ६४ रनको अर्धशतकीय पारी खेले। यस्तै, कप्तान केन विलियम्सनले ४७ रन बनाए भने अभिषेक शर्माले ३९ र शशाङ्क सिंहले १५ रन जोडे ।
चेन्नईका मुकेश चौधरीले ४ विकेट लिए भने मिचेल सान्टर र ड्यानी प्रेटोरियसले एक/एक विकेट लिए । त्यस...