काठमाडाैँ- नागरिक उन्मुक्ति पार्टीले बिहीबार माइतीघर मण्डलामा धर्ना दिने भएकाे छ। रेशम चौधरीलगायत थरुहट राजबन्दी रिहाइको माग गर्दै धर्ना दिन लागेकाे हाे। सरकारले रेशम चौधरीलगायत थरुहट राजबन्दी रिहाइका लागि मंसिर २५ गते विधेयक ल्याएको थियो। उक्त विधेयक राष्ट्रपति कार्यालयमा विचाराधीन छ। मंसिर ४ मा सम्पन्न भएकाे निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले ३ सिट प्राप्त गरेकाे छ। […]