दाङको घोराही उपमहानगरमा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको छ। गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रका हेमराम शर्मालाई पछि पार्दै एमाले मेयरका उम्मेदवार नरुलाल चौधरीले अग्रता लिएका छन्। यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका भुपबहादुर डाँगीलाई पछि पार्दै एमालेकी हुमा डिसीले अग्रता लिएकी छिन्। एमाले चौधरीले ११४६० मतले अग्रता लिएका छन् भने माओवादीका शर्माले १०२४१ मत ल्याएका छन्। चौधरी शर्मा भन्दा १२९९ मतले अगाडि छन्। यस्तै उपप्रमुखमा एमालेकी डिसीले १११३८ मत ल्याएर अग्रता लि