विराटनगर : राष्ट्रपति विद्यादेवी भण्डारीले विराट एक्स्पोले राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन मद्दत पुर्याउने बताएकी छिन्।विराटनगरमा उद्योग संगठन मोरङले आयोजना गरेको ‘विराट एक्स्पो २०७९’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आज (बिहीवार) तीन वर्षदेखि कोभिड महामारीका कारण शिथिल आर्थिक गतिविधिलाई समग्र राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन यस किसिमका प्रदर्शनीले सहयोग पुर्याउने बताइन्।राष्ट्रपतिले औद्योगिक प्रदर्शनीले उत्पादक र उभोक्ताबीच अन्तरसम्बन्ध स्थापित गर्न