तीन महिनामा १८४ नेपालीको शव विदेशबाट ल्याइयो

२८ कात्तिक, काठमाडौं । वितेको तीन महिनामा १८४ जना नेपालीको विभिन्न देशमा मृत्यू भएको छ । तीमध्ये १७१ जना मृतकका परिवारलाई वैदेशिक रोजगार बोर्डले क्षतिपूर्ति दिएको छ । गत साउनदेखि असोज मसान्तसम्ममा १८४ जना कामदारको विमानस्थल …

सम्बन्धित सामग्री

यूएईमा चालु आर्थिक वर्षको चैतसम्म ११७ नेपालीले ज्यान गुमाए

काठमाण्डौ – चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा यूएईमा एक सय १७ नेपालीको ज्यान गएको छ । यूएईमा रहेको नेपाली दूतावासले साउनदेखि यता चैत महिनासम्म एक सय १७ जना नेपालीको शव व्यवस्थापन गरेको जनाएको छ । दूतावासका अनुसार साउन महिनामा २४ वटा शव व्यवस्थापन गरेको छ भने भदौमा १६ जनाको, असोजमा १० जनाको, कार्त्तिकमा ११ जनाको, मङ्सिरमा १६ जनाको, पुसमा १० जनाको, माघमा ९ जनाको, फागुनमा ८ जनाको र चैत महिनामा १३ जनाको शव व्यवस्थापन गरिएको छ ।  अघिल्लो आर्थिक वर्ष   २०७८ २०८९ मा यूएईमा १७४ जनाको ...

नेपाल एयरलाइन्सको एक उडान शव ल्याउनका लागि

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट हरेक महिनाको एक उडानबाट नेपाली नागरिकको शव ल्याइरहेको छ । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न कारणले मलेशियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन त्यहाँस्थित नेपाली राजदूतावासको आग्रहमा महिनामा एक उडानबाट शव ल्याउन निगमको जहाज प्रयोग हुँदै आएको हो । त्यसका लागि कार्गो …

निगमको एक उडान शवका लागि

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट हरेक महिनाको एक उडानबाट नेपाली नागरिकको शव ल्याइरहेको छ । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न कारणले मलेशियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन त्यहाँस्थित नेपाली राजदूतावासको आग्रहमा महिनामा एक उडानबाट शव ल्याउन निगमको जहाज प्रयोग हुँदै आएको हो ।त्यसका लागि कार्गो उडान जटिल र संवेदनशील हुने भएकाले निजी क्षेत्रका अन्तरराष्ट्रिय वायुसेवा कम्पनीले शव ल्याउन आनाकानी गर्ने गर्छन् । राष

वैदेशिक रोजगारको कहरः १५ महिनामा मलेसियाबाट आए २६५ जना नेपालीको शव

काठमाडौं। पछिल्लो १५महिनामा मलेसियामा२६५ जना नेपालीको शव उद्धार गरी नेपाल ल्याइएको छ। शवहरु सबै वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएकाहरुको हो। काभिड–१९संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)काअनुसार २०७७ वैशाखदेखि २०७८असार२४ गतेसम्मको अवधिमा ती शव मलेसियाबाट नेपाल ल्याइएको हो। प्रत्येक महिना औषतमा १७.६६वटा शव मलेसियाबाट नेपाल आउने गरेको छ। कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडानहरु स्थगित भएका बेला उद्धार उडानमा ती शव नेपाल ल्याइएको हो।

तीन महिनामा कतारबाट २५ शव नेपाल ल्याइयो

काठमाडौं। वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक कतारमा पछिल्लो तीन महिनामा मृत्यु भएका २५ जना नेपालीको शव नेपाल ल्याइएको छ। कतारको दोहास्थित नेपाली दूतावासको पहलमा ती शवहरु २०७७ माघदेखि चैत मसान्तसम्मको अवधिमा नेपाल ल्याइएको हो। कतारस्थित नेपाली दूतावासका अनुसार कोरोना महामारी सुरु भएयता कतारबाट १३३ जना नेपाली कामदारको शव नेपाल पठाइएको छ।

१५ देशबाट ७०६ जनाको शव नेपाल ल्याइयो

काठमाडौं। कोरोना महामारी सुरु भएयताको १३ महिनामा १५ देशमा मृत्यु भएकामध्ये ७०६ जना नेपालीको शव सरकारले उद्दार गरी स्वदेश ल्याएको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार २०७७ वैशाखदेखि २०७८ वैशाख ११ गतेसम्मको अवधिमा ती शव नेपाल ल्याइएको हो। अधिकांश शव वैदेशिक रोजगारको सिलसिलामा खाडी तथा मलेसिया गएकाहरुको हो। परिवारले स्वीकृति दिएकाहरुको भने सम्बन्धित देशमै शवको अन्तिम संस्कार गरिएको छ।

५ महिनामा विदेशबाट २ सय ९८ नेपालीको शव ल्याइयो

काठमाडौं : नियमित अन्तर्राष्ट्रिय उडान रोकिएपछि करिब ६ महिनामा चार्टर्ड उडानबाट २ सय ९८ नेपालीको शव  स्‍वदेश ल्याइएको छ। कोरोना भाइरसको त्रास बढेसँगै लकडाउनले नियमित उडान रोकिँदा विदेशबाट आउनुपर्ने नियमित शव रोकिएको थियो।   कोरोना भाइरसको कारणले अन्तर्राष्ट्रिय उडान रोकिएपछि विभिन्न समयमा विदेशमा ज्य...