किशोर भट्टराईको नयाँ परिचय एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको चितवन टाइगर्सका मालिक हुन् । खेलकुदमा उनको नामका पछाडि लामै विश्लेषण छन् । उनले ‘ए’ डिभिजन फुटबलदेखि क्रिकेट, ब्याडमिन्टन खेले । करातेका पूर्वराष्ट्रिय खेलाडी र पूर्वप्रशिक्षक पनि हुन् । तीन वर्षदेखि ईपीएलमा प्रतिस्पर्धा गर्दै शनिबार पोखरा राइनोजलाई पराजित गरी पहिलो पटक चितवन च्याम्पियन बनेको थियो । त्यही सफलताको सेरोफेरोमा रहेर कान्तिपुरका लागि विनोद पाण्डेले गरेको कुराकानीको सारसंक्षेप :