ललितपुरकी विनु केसीले स्तन क्यान्सर भएपछि भारतमा उपचार गराइन् । अहिले उनले क्यान्सरलाई पूर्ण रूपमा जितिसकेकी छन् । क्यान्सर जित्न उनको परिवारको ठूलो साथ रह्यो । परिवारले साथ नदिएको भए क्यान्सरलाई जित्न धेरै कठिन हुन्थ्यो । क्यान्सर हुँदा निकै गाह्रो थियो । आफन्त घरमा आएर हौसला दिनुभन्दा रोइदिन्थे ।आफन्त रुँदा उनको मनोबल खस्किन्थ्यो । यति साना बच्चा टुहुरो हुने भए भनेर अरूले भनेको सुनेपछि धेरै गाह्रो भएर बाथरुम छिरेर रोएको स्मरण गर्दै उनले भनिन्, “बिरामीलाई क्यान्सर शब्द सुन्नै मन लाग्दैन ।