छिल्लीकोटबासीको आम्दानीको स्रोत मालागेडी

देउखुरी (दाङ), १६ चैत । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटबासी मालागेडी अर्थात् सुगन्धकोकिला बिक्री गरेर यस वर्ष करिब दुई करोड आम्दानी गर्न सफल भएका छन् । माडागेडीबाट निस्कने सुगन्धले छिल्लीकोट बाह्रै महिना बासनादार बन्ने गरेको छ । चैत लागेसँगै फूल फुल्न थालेपछि अचेल सो ठाउँको वातावरण मगमग बासनादार बनेको छ । यस वर्ष मौसमले निकै साथ […]

सम्बन्धित सामग्री

मालागेडीले मालामाल

दाङको तुलसीपुर उपमहानगरपालिका–१९, छिल्लीकोटनिवासी कौशिला वलीले यो वर्ष तीन क्विन्टलभन्दा बढी सुगन्ध कोकिला अर्थात् मालागेडी बिक्री गरेर डेढ लाख रुपियाँभन्दा बढी आम्दानी गर्नुभएको छ । मौसमले साथ दिएर रुखमा राम्रो फल लागेपछि एक लाख ७० हजार रुपियाँभन्दा बढी सुगन्ध कोकिलाको फल बिक्री भएको वलीले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतका वर्षको तुलनामा यस वर्ष राम्रो फल लाग्दा आम्दानी पनि सन्तोषजनक भएको छ ।” उहाँले करिब पाँच कठ्ठा जग्गामा मालागेडीको बिरुवा लगाउनुभएको छ । अन्य कृषि उब्जनी खासै नहुने यस क्षेत्रमा सुगन्ध कोकिलै प्रमुख आम्दानीको स्रोत बन्दै गएको उहाँको भनाइ छ ।

दाङका पहाडी भेगमा जडीबुटीको पकेट क्षेत्र बनाइँदै

दाङ । दाङका दुई स्थानीय तहका सात वडालाई जडीबुटीको पकेट क्षेत्रको रूपमा विकास गर्न थाालिएको छ । डिभिजन वन कार्यालय घोराहीले घोराही उपमहानगरपालिकाका वडा नं १८ र १९ तथा बंगलाचुली गाउँपालिकाका वडा नं १ देखि ५ सम्मलाई जडीबुटी पकेट क्षेत्रको रूपमा विकास गर्न थालेको हो । स्थानीयवासीको वैकल्पिक आम्दानीको स्रोत बनाउने, खेर गएको जमीनको सदुपयोग गर्ने, मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाएर व्यावसायिक रूपमा जडीबुटी उत्पादन गर्ने उद्देश्यले पकेट क्षेत्र नै घोषणा गरी काम थालिएको डिभिजन वन कार्यालयले बताएको छ । सात वडामा यस वर्ष सहकारीमार्फत ७१ हजारभन्दा बढी जडीबुटीका बिरुवा रोपिएको छ । वन कार्यालयले सर्वोेत्तम बहुउद्देश्यीय सहकारी संस्था घोराहीसँगको समन्वयमा टिमुर, दालचिनी र मालागेडीका ७१ हजार ३० बिरुवा रोपण गरेको छ ।      २०७५ सालमा पकेट क्षेत्र घोषणा गरी जडीबुटीको व्यावसायिक खेती गर्ने अभियान थालिएको हो । सहकारीमार्फत यस वर्ष पकेट क्षेत्रमा गरिएको जडीबुटी खेती विस्तार कार्यक्रमका विषयमा छलफलसमेत गरिएको छ । यस वर्ष ७१ हजार ३० र गतवर्ष ७५ हजारभन्दा बढी जडीबुटीका बिरुवा रोपिएको वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए । २ वर्षको अवधिमा करीब ७०० किसान जडीबुटी खेतीमा आबद्ध भएको उनको भनाइ छ । दाङमा जडीबुटीका बिरुवा रोप्ने किसानलाई प्रोत्साहन रकम वितरण गर्न शुरू गरिएको छ । विशेषगरी जिल्लाका पहाडी भेगमा जडीबुटीका बिरुवा रोपेका किसानलाई प्रोत्साहनबापत रकम वितरण गर्न शुरू गरिएको हो । डिभिजन वन कार्यालयको सहयोग र सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा बंगलाचुलीका करीब ६०० किसानलाई प्रोत्साहन रकम वितरण गरिँदै छ । सहकारीमार्फत पकेट क्षेत्रमा जडीबुटी विस्तार कार्यक्रमअन्तर्गत बंगलाचुली र घोराहीका गरी सात वडामा ७० हजारभन्दा बढी बिरुवा रोपिएको छ । त्यसमध्ये घोराहीका वडा नं १८ र १९ तथा बंगलाचुलीका वडा नं १, २, ३, ४ र ५ मा टिमुर, मालागेडी तथा दालचिनीका बिरुवा रोपिएको छ । बिरुवा रोपेका किसानलाई प्रतिबिरुवा ३ रुपैयाँका दरले प्रोत्साहन रकम प्रदान गरिने संस्थाका अध्यक्ष धु्रवराज पौडेलले जानकारी दिए । रासस