काठमाडौं । नेकपा एमालेको कास्की जिल्ला अध्यक्षमा मोहन कुमार गुरुङ चयन भएका छन् । यअघिका अध्यक्ष कृष्ण थापा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएपछि अध्यक्ष पद स्वतः रिक्त भएको थियो । रिक्त अध्यक्षमा एमालेले तत्कालिन उपाध्क्ष गुरुङलाई चयन गरेको हो । गुरुङ गण्डकी प्रदेशसभा सदस्य समेत हुन् ।