‘नबिल हरित सप्ताह’ मनाइँदै

‘नबिल दिगो बैंकिङ’ले एक वर्ष पूरा गरेको छ ।ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशिलता प्रवद्र्धन् एवम् नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकाष लक्ष्यलाई सघाउने उद्देश्यले २०७८ धान दिवसको दिन दिगो बैंकिङ सुरु गरिएको थियो ।एक वर्षमा नबिल बैंक मात्र नभएर नेपाली बैंकिङ जगतमा […]

सम्बन्धित सामग्री

दस लाख पर्यटक भित्रिने अपेक्षा

विश्व पर्यटन दिवस बुधबार (आज) नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउँदै आइएको हो । नेपालमा पनि ४४ औँ विश्व पर्यटन दिवसका अवसरमा आज (बुधबार) ‘पर्यटन र हरित लगानी’ भन्ने नारासहित विभिन्न कार्यक्रम गर्दै विश्व पर्यटन दिवस मनाउन लागिएको छ ।

‘बाघकाे भूमि’ मा ४४ औँ विश्व पर्यटन दिवस मनाइँदै

बर्दिया – पर्यटन र हरित लगानी नारासहित ४४ औँ विश्व पर्यटन दिवस बर्दियाको ठाकुरबाबा नगरपालिकामा भोलि बुधवार भव्य कार्यक्रम गरी मनाइने भएको छ । हरेक वर्ष २७ सेप्टेम्बर २०२३ मा मनाइने विश्व पर्यटन दिवस यस वर्ष बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारामा मनाइने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहितको सहभागितामा जिल्लाका प्रमुख पर्यटकीय गतिविधिहरूका बारेमा जानकारी दिँदै पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज नजिक ठाकुरद्वारामा विश्व पर्यटन दिवस मनाइने मेयर...

स्वच्छ वातावरणका लागि प्राकृतिक प्रणाली पुनरोत्थान

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन १९७३ देखि हरेक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा विश्वभर मनाइँदै आइएको छ । वातावरण संरक्षणमा स्थानीय, राष्ट्रिय, क्षेत्रीय तथा विश्वस्तरमा देखिएका समस्या, सम्भावना तथा चुनौतीका बारेमा छलफल, बहस र विचार आदान–प्रदान गरी समाधानका उपाय खोज्ने अभियान हो– विश्व वातावरण दिवस । यस वर्षको विश्व वातावरण दिवसको प्रमुख विषय ‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनःस्थापना’ रहेको छ । विश्व वातावरण दिवसकै दिन पारेर आज संयुक्त राष्ट्रसङ्घीय पारिस्थिकीय प्रणाली पुनःस्थापना दशक (२०२१–२०३०) को पनि औपचारिक सुरूवात भएको छ । क्षतिग्रस्त प्राकृतिक प्रणालीको पुनःस्थापनाका लागि यो अर्को नयाँ र दीर्घकालीन महŒवको अभियान हो । सन् २०२१ को वातावरण दिवसमा संयुक्त राष्ट्रसङ्घीय पारिस्थिकीय प्रणाली पुनःस्थापना दशकको सन्देशले प्राकृतिक पुनःस्थापनाको अभियानमा सरिक हुन र कोभिड महामारीबाट थलिएको आर्थिक तथा सामाजिक प्रक्रियालाई हरित उत्थानको माध्यमबाट पुनर्जीवन दिन ऊर्जा प्रदान गर्नेछ ।

हिमालमा घट्दै छ हिउँ

‘समुद्र, जलवायु र मौसम’ भन्ने नाराका साथ मार्च २३ अर्थात् मङ्गलबार विश्व मौसम दिवस मनाइँदै छ । यस दिवसका अवसरमा यी तीनको अन्तरसम्बन्ध खोजिने जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक तथा वरिष्ठ वैज्ञानिक डा. मदनलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हरित गृह ग्यासको अधिक कटौतीका कारण विश्वमा तापक्रम बढ्दै गएको छ ।