बिहीबारबाट राजनीतिक दल र उम्मेदवारहरूले आचारसंहिता बमोजिम खुला रूपमा प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरेर मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि कात्तिक १७ गतेबाट प्रचार शैली परिवर्तन गरेर गर्न पाउने बताएको हो । ‘मंसिरमा हुने निर्वाचनका लागि आयोगले दुई चरणको प्रचार शैली तय गरेकोमा एक पहिलो चरणको सकिएर बिहीबारबाट अर्को चरण सुरु हुनेछ’, प्रमुख आयुक्त दिनेश थपलियाले पत्रकार सम्मेलनमा जानकारी दिए, ‘बिहीबारबाट आचारसंहितामा