निर्वाचन आयोगले दार्चुलाको गोकुलेश्वर उच्च माध्यामिक विद्यालयमा आमसभा गर्ने विभिन्न उम्मेदवारहरूलाई स्पष्टीकरण सोधेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका ९ स्थिति गोकुलेश्वर उच्च माध्यामिक विद्यालयमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सहितले चुनावी सभा गरेका थिए ।आयोगले बिहीबार चुनावी सभा आयोजना गरिएको विषयमा विद्यालयका प्रधानाध्यापक जनञ्जय जोशी, त्यस क्षेत्रमा नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्