काठमाडौं : कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादीले आगामी मंसिर ४ गते काठमाडौंमा ‘एमसिसी सम्झौता खारेजी अभियान' अन्तर्गत आमसभा गर्ने भएको छ।आज (आइतबार) पत्रकार सम्मेलन गरी पार्टी अध्यक्ष कर्णजित बुढाथोकी (सुशील) ले आमसभा गर्ने जानकारी दिएका हुन्।उनले एमसिसी सम्झौता खारेजी अभियानलाई सघाउन आमसभामा सहभागी हुन सबैसँग आग्रह गरे। उनले भने, ‘राजनीतिक जनपरामर्श सम्मेलन र कम्युनिष्ट सम्मेलन आयोजनाको दबाब सिर्जना गर्न विशाल आमसभा गर्ने निर्णय गरेका छौ