काठमाडौं : पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध अदालतले गिरफ्तारी दिन आग्रह गरेको छ। खानलाई पक्राउ गर्न गएको प्रहरीलाई समर्थकहरुले घेराबन्दी गरेर फर्काइदिएपछि अदालतले आफैँ उपस्थित भएर आत्मसमर्पण गर्न आदेश दिएको हो। त्यसो नगरे प्रहरीले पक्राउ गरेर उपस्थित गराउने भन्दै अदालतले गिरफ्तारीको वारेन्ट रद्द नहुने दोहोर्याएर खानमाथि दबाब बढाएको हो। इस्लामावाद उच्च अदालतमा खानको गिरफ्तारी वारेन्ट रद्द गर्न माग गर्दै परेको रिटमा अदालतले यस्तो आदेश दिएको हो। खानविर