विद्युत् उपभोगमा पनि बजेट वक्तव्यमार्फत विभिन्न छुटको व्यवस्था गरिएको छ । यसअनुसार मासिक १० युनिटसम्म विद्युत् खपत गर्नेलाई नि:शुल्क, १५० युनिटसम्ममा २५ प्रतिशत र २५० युनिटसम्ममा १५ प्रतिशत छुट दिने बजेटमा उल्लेख छ । कोरोना सङ्क्रमणको जोखिमको अवधिभर उद्योगहरूमा लिइँदै आएको डिमान्ड शुल्क हटाइएको छ भने कम माग हुने समयको विद्युत् खपतमा महसुलमा ५० प्रतिशत छुट हुनेछ ।