काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखिएका निर्माण कम्पनी तथा आपूर्तिकर्ताहरूको नाम सार्वजनिक गरेको छ।कार्यालयले कालोसूचीमा राखिएका १५ वटा कम्पनीको विवरण आज सार्वजनिक गरेको हो। कालोसूचीका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले १ देखि ३ वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिदमा भाग लिन नपाउने व्यवस्था छ।जसअनुसार काठमाडौं बत्तीसपुतलीस्थित बिटी निर्माण सेवा प्रा लि, कोटेश्वरस्थित सिद्धगढी इन्जिनियरिङ एण्ड बिल्डर्स प्रा लि, दोलखा भीमेश्वर नगरपालिका-१ चरिकोटस्थित शिवराम कन्स्ट्