नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले स्वतन्त्र प्रेस तथा मानवअधिकार नै कुण्ठित हुनेगरी संसद्मा दर्ता गरेको कुनै पनि विधेयक पास हुन नदिने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले पछिल्लो समय संसदमा दर्ता गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयक पारित हुन नदिने चेतावनी दिए ।