अब पत्रकारिता र सञ्चारमाध्यमबाट कोही पीडित बन्दैन : सञ्चारमन्त्री कार्की

सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक पारित भएपछि सञ्चारसँग सम्बन्धित विवाद र गुनासाहरुलाई स्वनियम प्रणालीद्धारा समाधान गर्न सकिने बताएका छन् । साथै उनले विधेयक पास भएर कानुन बनेपछि पत्रकारिता र सञ्चारमाध्यमबाट कोही पीडित हुनुनपर्ने, अवस्था नआउने दावी समेत गरे ।  विधेयकमाथि प्रतिनिधिसभामा शुक्रबार भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।

सम्बन्धित सामग्री

विदेशमा कार्यरत पत्रकार नेपालको लागि प्रेरणाको स्रोतः सञ्चारमन्त्री कार्की

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेलायतमा कार्यरत नेपाली पत्रकारले सिकेको सीप र ज्ञान नेपालको पत्रकारिता क्षेत्रमा समेत प्रेरणा हुनसक्ने बताएका छन्। मन्त्री कार्कीले नेपाल पत्रकार महासंघ यूकेको १०औँ स्थापना दिवसको अवसर शुभकामना दिने क्रममा यस्तो बताएका हुन्। उनले बेलायतमा बसेर नेपाली समुदायका गतिविधिलाई आमसञ्चारका माध्यमाबाट मातृभूमिसँग जोड्ने पुलको रुपमा पत्रकारले खेलेको भूमिकाको […]

सरकार प्रेस स्वतन्त्रताको पक्षमा छ : सञ्चारमन्त्री कार्की

गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान–२०७८ वितरण समारोहमा उनले भने, ‘संविधानले परिकल्पना गरेको अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रतालाई सरकार अक्षुण्ण राख्न चाहन्छ, अझ समृद्ध गर्न चाहन्छ ।’ कुनै पनि पत्रकारले विचार व्यक्त गरेको […]

सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छ : सञ्चारमन्त्री कार्की

सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताउनुभएको छ । अनलाइन पत्रकार सङ्घको ११औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सञ्चार क्षेत्रको मुख्य काम जनमत निर्माण गर्ने रहेको बताउँदै त्यसका लागि अनलाइन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले पत्रकारिता पेसाको शुद्दीकरणका लागि …