बाक्लो हुस्सुका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र तराईका विमानस्थलमा भिजिबिलिटी निकै घटेको छ । भिजिबिलिटी कम हुँदा आन्तरिक तथा बाह्य उडान बिहानैदेखि डप्प छन् ।त्रिभुवन विमानस्थलमा बिहान भिजिबिलिटी घटेर १ सय मिटरमा झरेको थियो । अहिले भिजिबिलिटी केही बढे पनि अझै उडान सूचारु हुन सकेको छैन ।विमानस्थल कार्यालयका अनुसार सामान्यतयाः उडान र अवतरणका लागि भिजिबिलिटी ३ हजार मिटर चाहिन्छ ।तर, काठमाडौं मात्र होइन तराईका विमानस्थलको भिजिबिलिटी पनि निकै घटेको छ ।मौसम पूर्वानुमान महा