काठमाडौं : विभिन्न मिठामिठा परिकारको साथमा बुधबार दर खाइँदै छ। आफ्ना दु:ख भुलाउन र भोलिपल्ट बसिने हरितालिका तिजको अवसरमा नेपाली महिलाहरुले दर खाँदैछन्।भाद्र शुक्ल द्वितियाका दिन दर खाने चलन छ। दर खाने दिनबाट हरितालिका तिज सुरु भएको मानिन्छ। कोरोनाको महामारी र निषेधाज्ञाका कारण टाढाटाढा रहेका चेलबेटीहरु यसपालि माइतीघरमा भेला भएर खीर, गुँद, हलुवा, ढकनी, घ्यु दही दूध मिठाई, फलफूल लगायतका मिठा परिकारको दर खाँदैछन्।कोरोना महामारीका कारण अघिल्लो वर्ष भने जमघट रोकिएको थियो। पछिल्लो समय महिन