बुटवल– क्रिकेटर शक्ति गौचनले रुपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व स्पिनर गौचनले सामाजिक सञ्जालमार्फत आफूले उम्मेदवारी दिएको जानकारी गराएका छन्। रुपन्देहीको तिलोत्तमामा स्टार क्रिकेट एकेडेमी सञ्चालन गरिरहेका गौचनले क्रिकेट खेल, खेलाडी र क्रिकेटको विकासका लागि उम्मेदवारी दिन लागेको बताएका छन्। उनले रुपन्देहीलाई क्रिकेटमा देशकै उत्कृष्ट जिल्ला बनाउने […]