नेकपा एमालेले स्थानीय निर्वाचनका लागि वडामा उम्मेदवारको सिफारिस सुरु गरेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको चार वडामा एमालेले सोमबार सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको हाे ।वडा नम्बर १ मा अनुप गुरुङ, वडा नम्बर २ मा केशकुमारी गुरुङ, वडा नम्बर ७ मा अम्बर गुरुङ र वडा नम्बर ८ मा कृष्ण दवाडीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । सबैको सिफारिस सर्वसम्मत रुपमा गरेको एमालेले जनाएको छ ।बाँकी वडाहरूमा सर्वसम्मत हुन नसकेका कारण केही ढिला भएको छ । वडाध्यक्षमा निर्विरोध सिफारिस भएका अनुप र अम्बर नयाँ